हतारमा विद्यालय नखोल्न निर्देशन



काठमाडौं,भदौ ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग बुधवार स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले निर्धारण गर्ने उनले बताए । विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्नसमेत निर्देशन दिएको छ । स्थानीय तहमा रहेको कोभिड–१९ को जोखिम आकलन गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिशका आधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ पालना गरी मात्रा विद्यालय खोल्न भनिएको उनले बताए ।

शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड–१९ सँग आवश्यक अभिमुखीकरण गरी विद्यालय खोल्न निर्देशन दिएको छ । विद्यालयले यही असोज १ गतेदेखि खोल्ने तयारी गरिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्