चीनमा गएको भूकम्पमा परी दुई जनाको मृत्यु



एजेन्सी,भदौ ३१ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयआन प्रान्तमा ६ म्याग्निच्युडकोे भूकम्पम गएको हो ।

भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार विहान गएको सो भूकम्पको गहिराई १० किलोमिटर छ ।

अमेरिकी भूर्गभ सर्वेक्षण निकायले भने सो भूकम्प ५ दशमल ४ म्याग्निच्युड भएको जनाएको छ । भूकम्पबाट चोङकिङ सहरदेखि दक्षिणपश्चिमको क्षेत्र प्रभावित भएको जनाइएको छ । सो क्षेत्रमा केही संरचना भत्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्