बुद्धभुमि हाइड्रोपावरको सेयर बाँडफाँड,झन्डै ६ हजारको हात खाली



नुवाकोट,भदौ ३१ । नुवाकोटको बुद्धभुमि हाइड्रोपावर कम्पनि लिमिटेडले आयोजना प्रभावित स्थानियलाई जारी गरेको सेयर बाँडफाँड गरिएको छ ।

बिहीबार आयोजना प्रभाबित स्थानिय जिल्लाका लागि खुल्ला भएको ४ लाख कित्ता सर्बसाधारण शेयर बाँडफाँड गरिएको बिक्रि प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जानकारी दिएको छ ।

विक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसा ४० हजार जनालाई समान १० कित्ताको लागि सेयर बाँडफाँड गरिएको छ ।कम्पनीले श्रावण ३२ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका जारी गरिएको सेयर बाँडफाँड गरिएको हो ।

आयोजनाले प्रभावित नुवाकोटका स्थानियवासीलाई जारी गरेको सेयरमा ४६ हजार ८५ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये करिव ६ हजार ८५ जनाको हात खाली भएको छ । कम्पनीको आईपीओमा २८ करोड १९ लाख ६० हजार ५ सय बराबरको आवेदन परेको थियो ।

कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्