१५ सय संक्रमित थपिए, १६ सय निको



काठमाडौं,भदौ ३१ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ५ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८१ हजार ९ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज १ हजार ६ सय ८९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ४५ हजार २ सय १५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १६ सय ६५ पिसीआर र ३ सय ४६ एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्