चीनबाट ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो



काठमाडौं,असोज १ । चीनबाट कोरोना खोप नेपाल आइपुगेको छ। ४४ लाख डोज भेरोसेल खोप चीनबाट नेपाल आइपुगेको हो । सरकारले खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज खोप शुक्रबार २ बजे उडानमार्फत् त्रिभुवन विमानस्थल आइपुगेको हो ।

नेपाल वायुसेवा निगमको चार्टर्ड जहाजले २ बजे सो परिमाणको खोपलाई काठमाडौं ल्याएको निगमले जनाएको छ । नेपाल सरकारले चीनसँग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज गत भदौ ४ र ५ गते नै आइसकेको थियो ।

खोप ल्याउनका लागि निगमको वाइडवडी ३३० जहाज बिहीबार बेइजिङ गएको थियो । पहिलो पटक एकै पटकमा यति धेरै खोप ल्याइएको हो । पछिल्लो समय चीनले एक भायलमा ५ डोजको खोप उत्पादन गर्छ । जसको कारण पनि एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्