नुवाकोट थान्सिङका शिक्षक पाठकको निधन



नुवाकोट, असोज २ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा अवस्थित महेन्द्र महेशदेव माध्यमिक विद्यालयका पूर्व शिक्षक माधब पाठकको निधन भएको छ।

आन्द्राको क्यान्सर रोगबाट पीडित शिक्षक पाठक ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा लामो समयदेखि उपचाररत थिए। उनको गएराती काठमाडौंस्थित धापासीमा रहेको निवासमा निधन भएको पाठकका भतिजो सन्तोष पाठकले बताए।

२०६३ सालसम्म महेन्द्रमहेशदेव माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक पाठक रिटार्ड जीवन क्यान्सर रोगसँग लड्दै बिताउदै आएका थिए।ज्योतिष पण्डित हेमराज पाठकका पाँचभाई छोरामध्ये उनि साइँलो छोरा हुन।

प्रतिक्रिया दिनुहोस्