कोरोना अपडेट: थप १०६६ संक्रमित, मृत्यु १६



काठमाडौं, असोज २। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ६६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ९ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बितेको २४ घण्टामा कोरोना भाइरसबाट १ हजार २ सय ३७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ४७ हजार ८ सय जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ८ हजार ५ सय ४० पिसीआर र २ हजार ८ सय १८ एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्