कमेडी च्याम्पियन सिजन-२ को विजेता बने भरतमणी पौडेल



काठमाडौं,असोज ३ । ताप्लेजुङका भरतमणी पौडेलले लोकप्रिय कमेडी रियालिटी सो कमेडी च्याम्पियन सिजन २ को उपाधि हात पारेका छन् । शनिबार राति भएको ग्राण्ड फिनालीमा पौडेलले उपाधि जितेका हुन् ।

फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । सिक्किमका विक्की अग्रवाल फस्ट रनरअप र गोरखाका सन्तोष थापा सेकेन्ड रनरअप घोषित भए ।

जितसँगै भरतमणीले कार र २५ लाख रुपैयाँ प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की अग्रवालले टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे । सेकेन्ड रनरअप सन्तोष थापाले स्कुटर प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्