सुन तोलामा ३ सयले बढ्यो



काठमाडौं, असोज ५ । आज मंगलबार सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेको छ ।

आज मंगलबार सुन प्रतितोला ८९ हजार २ सय निर्धारण गरिएको छ । हिजो सोमबार सुन प्रतितोला ८८ हजार ९ सयमा कारोबार भएको थियो ।

यसैगरी चाँदी ५ रूपैयाँले बढ्दै प्रतितोला १ हजार १ सय ४० रूपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्