पर्यटकसँग घुस लिएको अरोपमा प्रहरीसहित २ जना पक्राउ



रुपन्देही,असोज ५ । पर्यटकसंग घुस लिएको आरोपमा रुपन्देहीमा एक प्रहरीसहित २ जना पक्राउ परेका छन् । रुपन्देहीको बेलहिया सीमा नाकाबाट नेपाल प्रवेश गर्ने ८ जना भारतीय पर्यटकसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभलका कर्मचारी सन्तोष गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

पशुपतिनाथ मन्दिर दर्शन गर्ने उद्देश्यले गुजरात ट्राभल्समार्फत बेलहियासम्म आएका ८ जनाको समूहलाई ट्राभल्सका कर्मचारी गुप्ताले प्रहरीलाई घुस दिनुपर्छ भन्दै प्रतिव्यक्ति ५ सय भारुका दरले रकम उठाएका थिए । सो रकम प्रहरीलाई बुझाएर पर्यटकको समूह नेपाल प्रवेश गरेको थियो ।

घटनाबारे उजुरी परेपछि रुपन्देही प्रहरीले सोमबार अबेर राति गुजरात ट्राभल्समा काम गर्ने यादव र प्रहरी जवान लोहारलाई नियन्त्रणमा लिएको छ।पक्राउ परेका दुई जनामाथि अहिले थप अनुसन्धान भइरहेको रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो । बेलहिया नाका कोभिडका कारण बन्द छ । तर प्रहरी र ट्राभल एजेन्टको मिलेमतोमा भारतीय पर्यटक तथा सर्वसाधारण नेपाल भित्रिरहेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्