हङकङसँग बराबरी, नेपाल एसियन कपमा पुग्न असफल



काठमाडौं,असोज ५ । एएफसी महिला एसियन कप–२०२२ छनोटअन्तर्गत दोस्रो खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको छ । उज्वेकिस्तानको जेएआर मैदानमा नेपालले केही मौका पाए पनि गोल गर्न नसक्दा गोलरहित बराबरीमा रोकिएको हो । आजको नतिजासँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब थियो । समूह ‘एफ’ मा रहेको नेपाल पहिलो खेलमा फिलिपिन्ससँग दुई–एकले हारेको थियो ।

आज हङकङसँग बराबरी खेलेपछि नेपाल आउँदो वर्ष भारतमा हुने एसियन कप खेल्नबाट वञ्चित भएको छ।एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्