सुनको मूल्य घट्यो तोलाको कति?



काठमाडौं,असोज ७ । नेपाली बजारमा बिहीबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । बुधबार ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ८९ हजार ६०० रुपैयाँ तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुन बुधबार प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा आज प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी बुधबार प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला एक हजार १५५ रुपैयाँ तोकिएको छ । 

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य निर्धारण गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६४ दशमलव आठ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्