टोखा वडा नम्बर ७ का अध्यक्ष नरोत्तम रानाद्वारा झोरका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग



काठमाडौं,असोज ७ । टोखा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरोत्तम रानाले टोखा नगरपालिका वडा नम्बर १ झोरका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। अध्यक्ष रानाले झोरमा रहेको दुई सामुदायिक माद्यामिक स्तरका विद्यालयका छात्रछात्रालाई शैक्षिक सामग्री झोला वितरण गरेका हुन। अध्यक्ष रानाले वडास्तरीय बजेटबाट झण्डै १० लाख बराबरको शैक्षिक सामग्री झोला सहयोग गरेका हुन।

वडा नम्बर १ झोरमा रहेको बौडेश्वर माध्यमिक विद्यालय र झोर महाङ्काल विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री झोला वितरण गरिएको हो। झोर महाङ्काल विद्यालयमा भएको शैक्षिक सामग्री वितरण समारोहमा टोखा नगरका मेयर प्रकाश अधिकारी, वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी, विशेष अतिथि वडा नम्बर ७ का अध्यक्ष नरोत्तम राना, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर लामा, विद्यालयका प्रधानाध्यापक हरिकृष्ण धितालको प्रमुख उपस्थिति रहेको थियोे।

त्यस्तै बौडेश्वर माध्यमिक विद्यालयमा भएको शैक्षिक सामग्री वितरण समारोहमा टोखा नगरका मेयर प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डङोल, विशेष अतिथि वडा नम्बर ७ का अध्यक्ष नरोत्तम राना, वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी,बौडेश्वर माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमेश अधिकारी, प्रधानाध्यापक उत्तम अधिकारी, नगरका कार्यपालिका सदस्यहरु तथा दुबै वडाका वडा सदस्यकाे उपस्थिति रहेको थियोे।

झोला वितरण कार्यक्रम अन्तर्गत बौडेश्वर माध्यमिक विद्यालयका ३ सय जना विद्यार्थी र झोर महाङ्कालका ३ सय विद्यार्थीलाई झोला वितरण गरिएको थियोे। कार्यक्रममा बोल्दै टोखा नगरका प्रमुख प्रकाश अधिकारीले विद्यार्थी हितकारी विभिन्न कार्यक्रम टोखा नगरले गर्दै आएको स्मरण गरे। त्यस्तै वडा नम्बर ७ का अध्यक्ष नरोत्तम राना र वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले यस्ता शैक्षिक सामग्रीले विद्यार्थीको पठनपाठनमा थप उत्साह थपिने बताए। झोला अपुग भएका विद्यार्थीलाई तत्काल नगरले ब्यवस्थापन गर्ने नगरका मेयर अधिकारी प्रतिबद्धता व्यक्त गरे ।

शैक्षिक सामग्री झोला वितरण गर्दै मेयर अधिकारी र प्रअ लगायत

प्रतिक्रिया दिनुहोस्