बर्दियामा सटर तोडेर मोवाईल चोरी गर्ने २ जना पक्राउ



बर्दिया,असोज ७ । बर्दियामा सटर तोडफोड गरेर मोवाईल चोरी गर्ने २ जना पक्राउ गरेका छन् । हिजो बुधबार विहान २ बजे बढैयाताल गाउँपालिका वडा नं. ६ मैनापोखर बजारमा रहेका क्रितिसा ईलेक्ट्रिकल पसलको सटर तोडफोड गरि मोबाईल चोरी भाग्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नं. १० बस्ने बर्ष ३० का ईस्लाम दिन र बाँकेको डुडुवा गाउँपालिका वडा नं.७ बस्ने बर्ष ४० का मुसा कुरेसी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेलका अनुसार सटर फोडेर भाग्दै गरेका दिनलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो भने कुरेसीलाई चोरी गरेर भागेको केही समयपछि बढैयाताल गाउँपालिका वडा नं.३ भोलागौडी बजार नजिकबाट पक्राउ गरेको थियो ।उनीहरुमाथि जिल्ला अदालत बर्दियामा चोरी मुद्दामा म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्