अर्घाखाँचीमा दुधको मूल्य बढ्यो



अर्घाखाँची,असोज ७ । अर्घाखाँचीमा दुधको मूल्य बढेको छ । गाई र भैसी दुवैको दुधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ । योसँगै भैसीको दूध प्रतिलिटर ९० रुपैयाँ र गाईको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गरिएको अर्घाखाँची बहुउद्देश्यीय कृषि तथा दुग्ध उत्पादन खरिद बिक्री बजारीकरण कृषक समूहका अध्यक्ष रामचन्द्र भुसालले जानकारी दिनुभयो ।

सरोकारवासँगको समन्वय र किसानको जिल्ला भेलाको निर्णय बमोजिम मंगलबारबाट लागु हुने गरि मूल्य बढाइएको हो । यस अघि अर्घाखाँचीमा भैसीको दूध प्रतिलिटरमा ८० रुपैयाँ र गाईको दुध प्रतिलिटर ७० रुपैयाँमा बिक्रि हुँदै आएको थियो ।

यता सर्वसाधारणले भने दुधको मूल्य बढ्दा आफुहरु निकै संकटमा परेको भन्दै दुख ब्यक्त गरेका छन् । चाडपर्वको मुखमा यसरी प्रत्येक खाद्य बस्तुमा मूल्य बढाउने हो भने सर्वसाधारणले एक छाक खान पनि नसक्ने अवस्था आउन सक्ने भन्दै दुख ब्यक्त गरेका हुन् । सम्पूर्ण बस्तुको बजारभाउ घटाउने बेलामा प्रत्येक खाद्य सामग्रीको मूल्य बढेको भन्दै बढेको मूल्य घटाउन सर्वसाधारणले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्