शनिवार पनि आरजिटिएस चल्छ : राष्ट्र बैंक



काठमाडौं,असोज ९ । नेपाल राष्ट्र बैंकले शनिवार पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम आरजिटिएस सञ्चालनमा रहने बताएको छ ।     
     
केन्द्रीय बैंकले शुक्रवार एक सूचनामार्फत शनिवार ‘विकास ऋणपत्र २०८० क’को ब्याज भुक्तानीका लागि सो प्रणाली सञ्चालनमा रहने बताएको छ ।

केन्द्रीय बैंकले शनिवार बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म खुला रहने सूचनामार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्