ईपीएल : काठमाडौं किंग्स ११ को विजयी सुरुवात, ललितपुर ७ विकेटले पराजित



काठमाडौं,असोज ९ ।  काठमाडौं किंग्स ११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेको हो ।ललितपुरले दिएको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

साविकको विजेता ललितपुर प्याट्रिएट्सले चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमै हार ब्यहोर्नु परेको छ ।  जिम्बावेका ब्याटर रयान बर्ल र अफगानिस्तानका विकेटकिपर रहमानउल्लाह गुरबाजको उत्कृष्ट प्रदर्शनमा ललितपुरले काठमाडौं किंग्स इलेभेनसँग ७ विकेटको हार ब्यहोर्नु परेको हो । 
 

यो सँगै काठमाडौंले सुखद सुरुवात गर्दा अघिल्लो तीन संस्करणमा भोगेको हारको बदलासमेत लिन सफल भएको छ । जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले १४ ओभर २ बलमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । काठमाडौंको जितमा रयान बर्ल ३४ बलमा ३ चौका र ७ छक्कासहित ७३ रनमा अविजित रहनु भयो ।
 

स्पिनर ललित नारायण राजवंशीलाई बर्लले १२औं ओभरमा चार छक्का र १ छक्कासहित एकै ओभरमा २९ रन जोड्नु भएको  थियो ।  २४ बलमा अर्धशतक पुरा गरेका विकेटकिपर तथा ओपनर रहमानउल्लाह गुरबाज ३६ बलमा ४ चौका र ४ छक्कासहित ५६ रनमा आउट हुनुपर्याे । गुरबाजले पाँचौं ओभरमा ललितनारायण राजवंशीलाई ३ छक्का प्रहार गर्दै एकै ओभरमा १९ रन जोडेको थियो । त्यसअघि ओपनर सुवास खकुरेल शून्य र अमित श्रेष्ठ ४ रनमा आउट हुनुपर्याे ।

राजु रिजाल १३ बलमा २ चौकासहित १९ रनमा अविजित रहे भने  ललितपुरका पवन सरार्फले एक विकेट लिनुभयो । त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धाारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रनको मध्यम योगफल तयार पारेको थियो । 

ललितपुरका पवन सरार्फले ४४ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रनको योगदान गर्नुभयो । योगेन्द्रसिंह कार्कीले २० बलमा ३ छक्कासहित ३३ रन र पवनले १५औं ओभरको चौथो बलमा गुलशन झालाई चौका र पाँचौ बलमा एक रन बटुल्दै आफ्नो अर्धशतक पूरा गरिएको थियो ।
 

तल्लोक्रममा नारायण जोशी ४ बलमा ३ चौका सहित १२ रनमा शाहिद अफ्रिदीबाट क्याच आउट हुनुपर्याे भने भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी १३ बलमा १ चौका र १ छक्कासहित १७ रनमा अविजित रहनु भयो ।एकसमय ललितपुर १ ओभर ३ बलमा ७–३ को अवस्थाबाट सम्हालिएको प्रदर्शन गर्दै प्रतिस्र्धात्मक लक्ष्य तयार पार्न सफल भएको थियो । यस्तै तीव्र गतिका बलर जितेन्द्र मुखियाले पहिलो ओभरको पहिलो बलमै कप्तान कुशल भुर्तेललाई शून्यमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाउनु भयो ।
 

कुशल पहिलो गोल्डेन डक हुँदै पेभेलियन फर्किनुभयो भने पहिलो ओभरको अन्तिम बलमा जितेन्द्रले श्रीलंकन ब्याट्सम्यान सन्दुन वीराकोडीलाई दुई रनमा आउट गराए । दोस्रो ओभरको तेस्रो बलमा तीव्र गतिका बलर गुलशन झाले श्रीलंका ब्याट्सम्यान ओशदा फर्नान्डोलाई चार रनमा एलबीडब्लू आउट गर्दा ललितपुर ७–३ को कमजोर अवस्थामा पुगेको थियो । 

चौथो विकेटका लागि पवन सरार्फ र शंकर रानाले ५६ रनको साझेदारी गर्दै टोलीको इनिङ्स सम्हाले। जितेन्द्रले १०औं ओभरको अन्तिम बलमा शंकरलाई गुरबाजबाट १४ रनमा क्याच गराउँदै साझेदारी तोडे भने पाँचांै विकेटका लागि पवन र योगेन्द्रले ६२ रनको उत्कृष्ट साझेदारी गर्दै प्रतिस्पर्धात्मक लक्ष्यमा पुर्याए । 

पवन स्पिनर रयान बर्लको १७औं ओभरको दोस्रो बलमा शेर मल्लबाट क्याच आउट हुन हुनुपर्याे भने लगत्तै अर्को बलमा योगेन्द्र एलबीडब्लू पनि आउट हुनुपर्याे । रयान बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट, जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिनुभयो भने गुलशन झाले पनि ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिनुभएको थियो । लिगमा आइतबार विराटनगर वारियर्स र चितवन टाइगर्स तथा भैरहवा ग्लयाडिएटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्