कोरोना अपडेट: ८३४ संक्रमित थप, १२ सय ७९ निको



काठमाडौं, असोज १० । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ८ सय ३४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ९१ हजार ३ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६१ हजार १ सय ५४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ७ सय ३६ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो।

सोही समयावधिमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्