नुवाकोटको ककनी, बेलकोटगढी, लिखु, तादी र पञ्चकन्यामा केन्द्रको शिक्षक संगठनमा नयाँ नेतृत्व



नुवाकोट,असोज १० । जिल्लाको ककनी, बेलकोटगढी, तादी र पञ्चकन्यामा माओवादी केन्द्रको शिक्षक संगठनमा नयाँ नेतृत्व चुनिएको छ। जिल्लामा नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनका ५ पालिकामा नेतृत्व चयन भएको हो । 

ककनीको केन्द्रका शिक्षक गाउँपरिषद्‌बाट सानुकान्छा तामाङको अध्यक्षतामा २१ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । परिषद्‌मा माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङ प्रमुख अतिथिका रुपमा सहभागी थिए । 

यसैगरी बेलकोटगढी नगरपालिकाको नगर परिषद्‌बाट किरण उजागर पुडासैनीको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी गठन गरिएको संगठनका जिल्ला सचिव विनोद लामाले बताए । 

शनिबार नै भएको तादी गाउँपरिषद्ले दिप श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय र लिखु गाउँपरिषद्‌बाट मधुसुदन पौडेलको अध्यक्षतामा ११ सदस्यीय गाउँ कमिटी चयन गरेको सचिव तामाङले जानकारी दिए । 

पञ्चकन्या गाउँपालिकामा भने केही विवादका बीच श्याम पण्डितको अध्यक्षतामा नयाँ कमिटी निर्माण भएको माओवादी केन्द्र पञ्चकन्याले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्