गुल्मेली चेली मन्त्री वन्दै, नेकपा ‘एस’बाट को को बन्दैछन मन्त्री?



काठमाडौ,असोज १२ । शेरवहादुर देउवा नेतृत्वको सरकारमा गुल्मेली चेली मन्त्री वन्ने भएकी छन । नेकपा एकीकृत समाजवादी पाटीवाट प्रतिनिधिसभामा सांसद रहेकि रामकुमारी झाक्रि मन्त्री वन्ने पक्का भएकाे हाे ।

पाटीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पाटीवाट सरकारमा जाने सांसदहरूको नाममा मन्त्रीका रामकुमारी झाक्रिकाे नाम पनि सिफारिस गरेका छन् । मन्त्री वन्ने पक्का भए पनि कुन मन्त्रालय भने खुलाईएकाे छैन ।

एकीकृत समाजवादी पाटीले ६ मन्त्रालय पाउने भएको छ । त्यस्मा झाक्रिसगै एकीकृत समाजवादी पाटीका तर्फबाट विराेध खतिवडा,मेटमणि चौधरी, प्रेम आले र जीवनराम श्रेष्ठको नाम पनि मन्त्रीका लागि प्रधानमन्त्री देउवालाई बुझाएका छन् ।  मगंलवार तथा वुधवारसम्ममा मन्त्रीमण्डल विस्तार हुने बताईएकाे छ ।

प्रतिक्रिया दिनुहोस्