सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडाैँ,असोज १३। साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएकोमा आज १०० रुपैयाँले घटेर ८८ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

आज छापावाल सुन प्रति १० ग्रामको मूल्य ७६ हजार दुई सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुनमा प्रतितोला ८८ हजार चार सय ५० रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७५ हजार आठ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य ११५५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार पनि सोही मूल्य कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्