बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु



बर्दिया,असोज १३ । बर्दियामा चट्याङ लागेर एक जना पुरुषको ज्यान गएको छ। जिल्लाको राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

मंगलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर उनी सिकिस्त घाइते भएका  थिए।

उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्