धनुषामा मोटरसाइकल दुर्घटनामा परी ३ जनाको मृत्यु



जनकपुरधाम,असोज १३ । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मृत्य हुने जनकपुरधाम उपमहानगरपालिका–११ का पुनालकुमार साहको मात्र पहिचान खुलेको छ ।

प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१८ औरहीबाट जनकपुर बजारतर्फ आइरहेको ज न प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा त्यसमा सवार सबै ३ जनाको मृत्यु भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्