गुल्मीमा चितुवाको छालासहित २ जना पक्राउ



गुल्मी,असोज १३ । गुल्मीमा प्रहरीले चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा छत्रकोट गाउँपालिका वडानम्बर–२ भेडुवा बस्ने २७ वर्षका सुमन खनाल र ३१ वर्षका हरिबहादुर सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताउनु भयो ।

जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर–३ मा रहेको घिमिरे होटल एण्ड लजबाट २ थान छाला सहित २ जनालाई चितुवाको छालासहित पक्राउ गरेको हो ।चितुवाको छालाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको जिल्लाको (डिएसपी) पाण्डेले बताउनु भयो ।

पक्राउ परेका २ जनालाई आबश्यक कार्वाहीको लागि सब–डिभिजन बन कार्यालय रिडीसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्