नयाँ वानेश्वरमा महिलाको शव फेला

काठमाडौं, असोज १४ । काठमाडौंको नयाँ वानेश्वरमा आज बिहान महिलाको शव फेला परेको छ ।
महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरी नायव परीक्षक (डिएसपी) मिनबहादुर लामाले क्याम्पस अगाडि बाग्मती खोलाको पुलमुनी महिलाको शव फेला परेको जानकारी दिए । उनका अनुसार अन्दाजी ५० वर्षकी महिलाको शव फेला परेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।