रोल्पामा भिरबाट लडेर एक वर्षमा २५ जनाको मृत्यु



रोल्पा,असोज १४ । रोल्पामा भिरबाट लडेर वितेको एक वर्षमा २५ जनाको मृत्यु भएको छ । भौगोलिक विकटताका कारण रोल्पामा भिरबाट लडेर बर्सेनि ठूलो मानवीय क्षति हुने गरेको छ ।

विभिन्न ठाउँमा भएका अलगरअलग घटनामा २५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो।

यस्तै चालु आर्थिक वर्षको साढे २ महिनामा मात्रै रोल्पामा भिरबाट लडेर चार जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा धेरैजसो जाँडरक्सी खाएर हिँड्नेहरु रहेका प्रहरीले जनाएको छ । घाँस दाउरा र मेलापात गएकाहरूको समेत भिरबाट लडेर मृत्य भएको छ।

प्रतिक्रिया दिनुहोस्