थप १०७६ जनामा कोरोना संक्रमण पुष्टि,१२ जनाको मृत्यु



काठमाडौं,असोज १४ ।  गएको २४ घण्टामा कूल ११ हजार ७६५ जनाको पिसिआर र एन्टिजेन विधिमार्फत कोरोना नमुना परिक्षण गरिएको छ । कोरोना परिक्षण गरिएको मध्ये १ हजार ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


यस्तै २४ घण्टामा ९१८ जना कोरोना निको हुनुभएको छ भने १२ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङकमा उल्लेख छ । हाल सम्म नेपालमा १८ हजार १६८ जना संक्रिय संक्रमितको संख्या रहेको छ । 

पछिल्लो २४ घण्टामा देशभर २ लाख ८९ हजार ३८१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कूल ७ लाख ६५ हजार ७५८ जना अर्थात ९६.३ प्रतिशत कोरोना निका हुनेको दर रहेको छ । जसमध्ये ५९.३७ प्रतिशत पुरुष र ४०.६३ प्रतिशत महिला रहेको छ । 
यस्तै अहिले सम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार १३५ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्