नेपालमा थप १०६६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, असोज १५। नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका १ हजार ६६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ९५ हजार ९ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ सय ३८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६६ हजार ६ सय ९६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ३ सय ६८ परीक्षण गर्दा पिसीआर विधिबाट ८ सय ९८ र एन्टिजेन विधिबाट १ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट सोही समयावधिमा थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार १ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्