ओखलढुङ्गाको भदौरेमा गाडी दुर्घटनाग्रस्त



ओखलढुङ्गा, असोज १६ । ओखलढुङ्गाको भदौरेमा गाडी दुर्घटनामा परेको छ। ओखलढुङ्गाको फुलबारी घोराखोरीबाट काठमाण्डौका लागि हिडेको गाडी भदौरे भन्ने ठाउँमा दुर्घटना भएको हो ।

बा ३ ख ९३०४ नम्बरको अरनीको यातायातको गाडी दुर्घटनामा परेको र यात्रुको बारे कुनै जानकारी प्राप्त भैनसकेको प्रहरीले जनाएको छ।

शनिबार बिहान घोराखोरीबाट काठमाण्डौं आउने क्रममा चम्पादेवी गाउँपालिका ६ को भदौरे भन्ने ठाउँमा दुर्घटना भएको हो । स्थानियका अनुसार दुर्घटनामा १ जना गम्भिर घाइते भएका छन ।

प्रतिक्रिया दिनुहोस्