सल्यानमा गाडीको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको मृत्यु



सल्यान,असोज १६ । शुक्रवार बिहान जिपको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ । राप्ती प्रादेशिक अस्पताल दाङ्ग तुलसीपुरमा उपचारको क्रममा दिउँसो दुई विद्यार्थीको मृत्यु भएको हो । 

मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका – ६ बरलाकी अन्दाजी १८ बर्षिया रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी १८ वर्षकै सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

उनीहरुको उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको हो । अन्य तीन जनाको थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीको भनाई छ । आज बिहान बागचौर देखि सल्यान खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका –२ बाङ्गेसल्लामा रुखको छहारीमा बसी रहेका विद्यार्थीलाई ठक्कर दिएको थियो ।  ओभर स्पिडका कारण विद्यार्थीलाई ठक्कर दिएर जिप सडकबाट १० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्