आर्थिक अभावले वालिकाको उपचारमा समस्या



प्युठान,असोज १६ । गत भाद्र २६ गते उनलाई एक्कासी पेट दुख्यो , घरपरिवार आत्तिदै प्यूठान अस्पताल ल्याए ।विजुवार अस्पतालमा सामान्य उपचार गरिसके पछि उनलाई भैरहवा मेडिकल कलेजमा रिफर गरियो । बविता गुरुङलाई आन्द्रामा समस्या देखिए पछि उपचारका लागि भैरहवा त लगियो तर परिवारको आर्थिक अभावका कारण राम्रोसंग उपचार हुन नसकेपछि उनलाई झन समस्या भएको छ ।

१७ वर्ष कि बालिका वविता मृत्यूसंग लडिरहेकी छन ।प्यूठान नगरपालिका ३ मटेङपोखरा निवासी राजेश गुरुङ र आमा संझना गुरुङ की एक मात्र छोरी बविता गुरुङ पैसाको अभावमा उपचार नपाएर मृत्यूसंग लडिरहेकी हुन । मृत्युसंग लडिरहेकी छोरीको उपचार खर्च गर्ने पैसा नभएपछी परिवारमा झनै पीडा थपीदै गएको छ । भएको पैसा र जन तन रिनधन गरेर आज सम्म त उपचार ग¥योै उनकी आमा संझना गुरुङले आसु झार्दै भनिन “ अहिले सम्म ६ लाख खर्च भयो तर अझै १० देखि १५ लाख सम्म लाग्ने डक्टरले भनेका छन ”।

छोरीको उपचारको रेख देखमा खटिएकी आमा संझनाको दैनिक आसु झारेर बस्ने गरिकी छन , उनेले झन भक्कानीदै भन्छीन “ गरिवको जुनी यस्तै रहेछ पैसा नभएकै कारण मर्नु पर्ने बाध्यता आयो बरु छोरीलाई यस्तो नभएर मलाई हुन पर्ने ”। बविताले महेन्द्र मावि खलंगा बाट एस इ इ पास गरेकि छिन । पढ्ने र साथिभाईसंग रमाउने उमेरमा यस्तो रोग लागे पछी बविताको ल्याव पढ्ने सपना अधुरै रहेको उनि बताउछिन । अहिले सम्म पेटमा तिन वटा अप्रेसन गरिसकेको र निमोनिया पनि भएको उनकी आमा बताउछिन । भेन्टीलेसनमा उपचार भैरहेको छ उनले भनिन “ पैसा भए छोरीको उपचार हुने थियो उपचारका लागि सवैेलाई जतिसकिन्छ सहयोगको अपिल गर्दुछु । ”

सहयोग जुटाउदै पाठक

बविता गुरुङ बचाउ अभियान भन्दै प्यूठान नगरपालिका ४ जुम्री निवासी युवासमाजसेवी हेमन्त पाठक लागि परेका छन । बविता गुरुङकी आमाले रुदै सहयोग गरिदिन प¥यो भनेपछि सहयोगका लागि पाठक निरन्तर सहयोग अभियानमा लागेका बताउछन।  बविता बचाउ अभियानमा हाल सम्म ७ हजार ५ सय रकम उठेको र कसैले सहयोग गर्ने प्रतिवद्धता जनाएको पाठकको भनाई छ ।

बविता बचाउ अभियानलाई सघाउन चाहाने मनकारीहरुका लागि बिरामी  बविता गुरुङकी आमा ९८६६९९०२९९ र स्वयम हेमन्त पाठकको ९८६६८३३३३८ नम्वरमा सम्पर्क गर्न सक्ने छन ।

प्रतिक्रिया दिनुहोस्