थप ८६७ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु ९



काठमाडौं, १६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८ सय ६७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ९६ हजार ६ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १ हजार १ सय २३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६७ हजार ८ सय १९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ८ हजार २ सय १९ परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्