नेपालमा संक्रमणदर घट्दै, आज ६ सय संक्रमित थप



काठमाडौं, असोज १७ । आज नेपालमा कोरोना भाइरसका ६ सय ७९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ९७ हजार १ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ४ सय ५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६९ हजार २ सय २४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १० हजार ९ सय २० जनामा गरीएको परीक्षणमा ५ सय ७४ जना पिसीआर र एन्टिजेन विधिबाट १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार १ सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्