रामारोशन गाउँपालिकामा एक सातादेखि तालाबन्दी



अछाम,असोज १७ । अछामको रामारोशन गाउँपालिकामा एक सातादेखि तालाबन्दी छ । गाउँपालिकाले तलब नदिएकाे भन्दै बालविकास केन्द्रका शिक्षकले ११ असोजमा तालाबन्दी गरेका हुन् ।

७ हजारका दरले तलब नमानेपछि पालिकाको कार्यालयमा तालाबन्दी गरिएकाे बाल शिक्षक संर्घष समितिका अध्यक्ष ललिता खत्रीले जानकारी दिइन् ।

बालविकास केन्द्रका शिक्षकले मासिक पाउने तलबमध्ये ७ हजार रुपैयाँ पालिकाले बेहाेर्नुपर्ने हुन्छ । संघ सरकारले बाल विकास केन्द्रका शिक्षकको तलब पालिकाले दिनुपर्ने ७ हजार गरेर १५ हजार पुर्‍याएको छ ।

त्यस्तै, बान्नीगढी जयगढ गाउँपालिकामा लगाइएको ताला पनि अहिलेसम्म खुलेकाे छैन ।

प्रतिक्रिया दिनुहोस्