नुवाकोट लिखुका सामुदायिक विद्यालयका सार्वजनिक विदा कटौती



नुवाकोट,असोज १७ । जिल्लाको लिखु गाउँपालिकाका सामुदायिक विद्यालयको विदामा कटौती गरिएको छ। गाउँपालिकाको शिक्षा शाखाद्वारा एक सूचना जारी गर्दै सार्वजनिक विदा कटौतीको जानकारी गराइएको हो।

विदा कटौतीसंगै दशै र तिहार बीचको समयावधिमा भौतिक पठनपाठन हुने गाउँपालिकाले जनाएको छ। कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द भएकाले चाडपर्व बाहेक अन्य समयमा विभिन्न शिर्षकमा विदा संयोजन गर्न नसकिने गाउँपालिकाको शिक्षा शाखाले उल्लेख गरेको छ।

त्यस्तै गाउँपालिकाको शिक्षा शाखाले बालविकास शिक्षक कर्मचारीको तलब वृद्धि गरेको जनाएको छ। शाखाले मासिक ४ हजार रकम खाईपाई आएको तलबमा शिक्षक तथा कर्मचारीलाई तलबमान कायम गरिएको गाउँपालिकाले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्