एमालेले दशौँ राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने



काठमाडौँ,असोज १७ । नेकपा एमालेले पार्टीको आगामी  महाधिवेशन बुटवलमा आयोजना गर्ने भएको छ ।

पार्टीले मंसिरमा हुने पार्टीको दशौँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेको हो । शुक्रबारदेखि भएकाे पार्टीको प्रथम विधान महाधिवेशनकाे समापन समाेराेहलाइ सम्बाेधन गर्दै आइतबार अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा दशाैँ राष्ट्रिय महाधिवेशन हुने घाेषणा गरेका हुन् ।

साथै, विधान महाधिवेशनमा तीन वटा प्रस्ताव पारित भएको छ । महाधिवेशनमा पार्टीको संशोधित विधान पनि पारित भएको छ।

प्रतिक्रिया दिनुहोस्