एक हजार ३० कोरोना संक्रमित थपिए, एकहजार डिस्चार्ज



काठमाडौं,असोज १८ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार १० हजार ८७४ जनाको पिसिआर र एन्टिजेन मार्फत कोरोना परिक्षण गरेको जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा एक हजार जना कोरोना निकोभएका छन् ।  साथै १० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको  छ । यस्तै १ लाख २० हजार ५४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 

नेपालमा अझै सक्रिय संक्रमितको संख्या १६ हजार ६६० रहेको छ । त्यसमध्ये क्वारेन्टाईनमा २४१, भेन्टिलेटरमा ११८, सघन उपचारकक्षमा ३५१ जना र संस्थागत आईसोलेशनमा ११ सय ५२ जनाको उपचार भईरहेको छ । 
यस्तै होमआईसोलेशनमा १५ हजार ५५४ जना रहेका छन् ।  

हाल सम्म नेपालमा ७ लाख ७० हजार २२४ अर्थात ९६.५ प्रतिशत अर्थात  ५९.३६ प्रतिशत पुरुष र ४०.६४ प्रतिशत महिला रहेका छन् ।  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १७४ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्