न्यादी हाइड्रोपावरको आईपीओमा करीब १९ लाखले दिए आवेदन



काठमाडौं,असोज १९ । न्यादी हाइड्रोपावरको आईपीओमा २ करोड ४० लाख ८९ हजार ९४० कित्ताका लागि आवेदन परेको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमवार साँझ ५ बजेसम्ममा १८ लाख ९३ हजार ९५७ जना आवेदकबाट २ अर्ब ४० करोड ८९ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले गत शुक्रवारबाट २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

कुल कित्तामध्ये १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ भने ४५ हजार कित्ता कर्मचारीको लागि र बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले उक्त आईपीओमा असोज १९ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने व्यवस्था  रहेको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै लगानीकर्ताले सि आस्बा सेवा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आईपीओमा आवेदन गर्न सक्नेछन् ।

कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी आइआर डबल बी रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीले दायित्व पूरा गर्ने सक्ने सम्बन्धमा मध्यम रहेको देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्