सुनको भाउ बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार?



काठमाडौं, असोज १९ । नेपाली बजारमा मंगलबार सुनको भाउ ५ सय रुपैयाँले बढेको छ । सुन सोमबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, तेजाबी सुन आज प्रतितोला ८९ हजार ८ सय ५० रुपैयाँमा खरिद बिक्रि भएको छ।

त्यस्तै, चाँदीको मुल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्