नुवाकोटमा बन्द रहेको सार्वजनिक यातायात संचालन



नुवाकोट,असोज १९ । सोमवारदेखि भाडा वृद्धिको बिषयलाई लिएर नुवाकोटमा बन्द रहेको सार्वजनिक यातायात संचालनमा आएको छ ।

जिल्लास्थित यातायात व्यवसायी र प्रशासनबीच मंगलवार भएको सर्वपक्षिय छलफलले बन्द रहेको यातायात सञ्चालन गर्ने सहमति भएको हो।

यातायात व्यवसायीहरुले मुल्य वृद्धिको मुद्दा प्रदेश केन्द्रित रहेकाले प्रदेश सरकार मातहतका जनप्रतिनिधिसामु नियमित समन्वयात्मक भूमिका निर्वाह गरिदिन प्रशासनलाई अनुरोध समेत गरेको छ।

निर्णय हेर्नुस्

प्रतिक्रिया दिनुहोस्