कोरोना अपडेट: ९ सय ६८ जनामा संक्रमण पुष्टि, ६ को मृत्यु



काठमाडौं,असोज १९। नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ९ सय ६८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ९८ हजार ७ सय ६६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा ११ सय १४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ७१ हजार ३ सय ३८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ४२ जनाको परीक्षणमा ७ सय ६२ पिसीआर र एन्टिजेन विधिबाट २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप जनाको ६ मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार १ सय ८० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्