घट्यो सुनको मूल्य, तोलाको कति?



काठमाडौं,असोज २० । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । छापावाल सुन मंगलबार प्रतितोला ९० हजार ३०० मा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९०० तोकिएको छ । त्यस्तै तेजाबी सुन आज प्रतितोला ८९ हजार ४५० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला ८९ हजार ८५० मा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ । यसअघि चार कारोबार दिन नै चाँदीको मूल्य स्थिर रहेको थियो । मङ्गलबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५३ दशमलव ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । 

प्रतिक्रिया दिनुहोस्