माछा मार्न गएका युवक माडीमा बेपत्ता



प्युठान,असोज २० । प्यूठानमा माछा मार्न गएका एक युवक खोलाले बगाएर बेपत्ता भएका छन् ।

ईलाका प्रहरी कार्यालय भिङ्ग्रीका अनुसार स्वर्गद्वारी नगरपालिका वडा नंवर- ४ गोठिबाङका २४ वर्षिया रामु बि.क. बेपत्ता भएका हुन ।

मंगलबार अपरान्ह चार वजे तीर साथीहरुसँगै घरबाट माछा मार्न भनेर माडी खोलामा गएका रामु नफर्किएपछि उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
रामुलाई खोलाले बगाएपछि संगै गएका साथीहरूले उद्धार गर्ने प्रयास गरेपनि असफल भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्