बुद्धभूमीको आईपीओ शुक्रबार बाँडफाँट हुँदै, २० लाख आवेदकको खाली हात



काठमाडौं,असोज २० । बुद्धभुमि नेपाल हाइड्रोपावरले खोलेको साधारण शेयर शुक्रबार बाँडफाँट गर्ने भएको छ । गत असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको खोलेको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर बाँडफाँट गर्ने तयारी गरिएको हो ।

कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार उक्त आईपीओ शुक्रबार विहान १० बजे बाँडफाँट गर्ने बताइएको छ । कम्पनीका आईपीओका लागि २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ताका लागि आवेदन दिएका थिए । तर आवेदन दिएका अधिकांशको रित्तो हात हुनेछ ।

आईपीओ योग्य आवेदक मध्येबाट ७४ हजार ४०० जनाले मात्रै १० कित्ता शेयर हात पार्नेछन् भने २० लाख सर्वसाधारणको खाली हात हुने निश्चित प्रायः भएको छ।

प्रतिक्रिया दिनुहोस्