नुवाकोट शिवपुरीको समुन्द्रा माबिद्वारा दशै विशेष शुभकामना आदानप्रदान



नुवाकोट,असोज २० । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुन्द्रा माध्यमिक विद्यालयले दशै विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

बुधबार विद्यालय प्राङ्गणमा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा शिवपुरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लालबहादुर तामाङको प्रमुख आथित्यतामा भएको थियोे।

विद्यालयद्वारा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले वडा दशैं २०७८ सालको शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।

सो समारोहमा वडाअध्यक्ष तामाङले आफ्नो व्यक्तिगत तर्फबाट विद्यालयमा अध्ययनरत कक्षा ९ का जेहेन्दार छात्रा ममता श्रेष्ठलाई नगद पाँच हजार छात्रवृति प्रदान गरेका थिए । कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद सिटौलाले गरेका थिए।

त्यस्तै शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको ग्रामीणदेवी माध्यमिक विद्यालयले पनि शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। त्यस्तै वडा नम्बर ७ कै अर्को विद्यालय कुम्भेश्वर माद्यामिक विद्यालयले पनि बडा दशै २०७८ को शुभकामना आदानप्रदान सम्पन्न गरेको छ।

प्रतिक्रिया दिनुहोस्