शिवपुरीको थानापतिमा वडा इकाईको दशै शुभकामना आदानप्रदान



नुवाकोट, असोज २१ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ नेपाली काङ्ग्रेसले दशै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। बुधबार सम्पन्न कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको प्रमुख उपस्थिति तथा उपाध्यक्ष मन्जु केसीको विशेष आतिथ्यता रहेको थियोे ।

वडा इकाईका सभापति रामकृष्ण डंगोलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस शिवपुरीका सभापति कविराज गुरुङ, शिवपुरी–८ का क्षेत्रीय प्रतिनिधि रमेशकुमार पाठक, शिवगुरी–७ का वडा अध्यक्ष माधव भेटुवाल, अतिथिहरू शिवपुरीका उपसभापति रविन डंगोल, शिवपुरी–५ का नेका वडा कार्य समितिका सभापति रामकृष्ण थापा, थानापतिका उपसभापति नरेन्द्र थपलिया,क्षेत्रीय प्रतिनिधि मेनुका पाण्डे, वासुदेव पाण्डे, भवानी थपलिया, नवराज थापालगायतले शुभकामना तथा समसामयिक विषयमा आआफ्ना धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामकृष्ण थापाले पालिका सेवा क्षेत्रका शिक्षा, स्वास्थ्य, बाटोघाटो, पूर्वाधार, कृषि, तालिम, रोजगारी आदि बिस्तारै सम्पन्न हुदै गएको चर्चा गरेका थिए । विधानले दिएको चुनावी प्रक्रियामा सामेल भएपछि सबैले हारजितलाई स्वीकार गर्न सक्नुपर्ने तर्क प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्