पिण्ड सेलाउन जाँदा नदीमा बेपत्ता भएका गोरखाका पूर्णबहादुरको शव भेटियो



गोरखा,असोज २१ । पिण्ड सेलाउन जाँदा मर्स्याङ्दी नदीमा बेपत्ता भएका गोरखाका पूर्णबहादुर दराईको शव फेला परेको छ। दराई श्राद्ध सकेर बुधबार नदीमा पिण्ड सेलाउन जाने क्रममा डुबेर बेपत्ता भएका थिए ।

गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

घटनालगत्तै प्रहरी र स्थानीयवासीले खोजी गरेको भए पनि फेला नपरेपछि कुरिनटारस्थित विपद् सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोली झिकाएर खोजी गर्ने क्रममा आज बिहान शव फेला परेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्