थप ८ सय ५ जनामा कोरोना संक्रमण, मृत्यु ८



काठमाडौं, असोज २१ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८ सय ५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २ सय ८२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा ९ सय ११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ७३ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १० हजार ६ सय ७२ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।

सोही समयावधिमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्