प्रहरी दिवसका अवसरमा नुवाकोट पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ सम्मानित



काठमाडौं,असोज २१ । नेपाल प्रहरीको ६६ औं स्थापना दिवसका अवसरमा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ सम्मानित भएका छन् । प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र थापा क्षेत्रीले अध्यक्ष तामाङलाई कदर पत्रसहित सम्मान गरेका हुन। अध्यक्ष तामाङले पञ्चकन्या गाउँपालिकामा खटिआएका प्रहरीलाई बसोबास स्थान तथा विविध सहयोग गर्दै आएका थिए ।

प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष समारोहबीच बुधबार सम्पन्न कार्यक्रममा अन्य ३३ जनालाई समेत सम्मान गरिएको छ । समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति रहेको थियोे ।

सो समारोहमा सहिद परिवारलाई सम्मान तथा नेपाल प्रहरीमा कर्तव्यको सिलसिलामा निधन भएका अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण, परिवारलाई कदर पत्र प्रदान गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्