थप ७ सय ६४ जनामा संक्रमण पुष्टि, मृत्यु १०



काठमाडौँ, असोज २२ । नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ७ सय ६४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ९ सय ९७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा १ हजार ३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ७४ हजार १ सय ७३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १० हजार ६ सय ८८ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप जनाको १० मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २ सय १० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्